अध्यक्ष डा.राजेश काजी श्रेष्ठको नेतृत्वमा चेम्वर प्रतिनिधिमण्डल सार्क क्षेत्रीय क्रेता विक्रेता मेला २०१६ मा सहभागी हुन दिल्ली प्रस्थान ।

मसींर २२, २०७३,  नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा.राजेश काजी श्रेष्ठको नेतृत्वमा चेम्वर प्रतिनिधिमण्डल यही डिसेम्वर ८ देखि १२ तारिख सम्म भारतको नयाँ दिल्ली र अमृतसरमा आयोजना हुने सार्क क्षेत्रिय क्रेता विक्रेता मेलामा सहभागी हुन आज दिल्ली प्रस्थान गर्नु भएको थियो । मेला पि.एच.डि. चेम्वर अफ कमर्स इण्डियाद्वारा आयोजना गरिएको हो । मेलामा चेम्वरका कार्यसमिति सदस्य श्री राष्ट्रभूषण चाकुबजी श्री कष्णमान श्रेष्ठ, श्री निरज राई र श्री टिकाराम श्रेष्ठ सम्मिलित हुनुहुन्थ्यो ।
मेला समुद्घाटनका अवसरमा चेम्वरले नेपालमा लगानी गर्न भारत लगायत सार्क क्षेत्रका उद्यमी व्यवसायीहरुलाई अनुरोध गर्ने छ । सहभागिताले भारत लगायत सार्क राष्ट्रका उद्यमी व्यसायीहरु विच भाइचारा सम्बन्धको विकास हुने, उद्योग व्यवसाय सम्वन्धमा सार्क राष्ट्रहरु विच रहेको साझा समस्याको पहिचान र तिनको समाधान गर्न मद्दत पुग्न जाने चेम्वरको विश्वास रहेको थियो ।