इम्प्याक्ट अफ डिमोनिटाईजेशनः नेशनल एण्ड इन्टरनेशनल इम्प्याक्ट” विषयक सेमिनारमा चेम्वरद्वारा ५ सय र १ हजारको दरको भारतीय मुद्रा व्यवस्थापन गर्न अनुरोध ।

मसींर २६, २०७३, नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा.राजेश काजी श्रेष्ठले  द्वारा भारतको नोयडामा आज आयोजित “इम्प्याक्ट अफ डिमोनिटाईजेशनः नेशनल एण्ड इन्टरनेशनल इम्प्याक्ट” विषयक सेमिनारमा नेपालमा वैधानिक रुपमा रहेका भारतीय रुपैया ५ सय र १ हजार दरका मुद्रा सहज रुपमा साटिनु पर्नेमा जोड
दिनु भयो
उहाँले नेपाल–भारत वीचको खुला सिमाना, दुई देश विचको जनस्तरको सम्वन्ध, वैवाहिक सम्बन्ध, रोजगारी, पेन्सन, पर्यटन व्यवसाय, शिक्षा, औषधी उपचार आदिका कारण बैंकिङ्ग प्रणाली बाहिर पनि भारतीय ५ सय र १ हजार दरका नोट रहेको र विभिन्न प्रयोजनका लागि एक व्यक्तिले रु २५ हजार सम्म भारतीय मुद्रा राख्न पाउने व्यवस्थाले समेत सर्वसाधारण नागरिकहरु संग ठूलै परिमाणमा रु ५ सय र १ हजार दरका भारतीय मुद्रा रहेको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको लागि उपयुक्त अवसर भएको बताउंदै भुकम्प पश्चात नेपालमा पुर्ननिर्माणका लागि ठूलो पूजीँ र प्रविधिको आवश्यकता माथि प्रकाश पार्दै पुर्वाधार निर्माण, कृषि, पर्यटन, उर्जा, जलश्रोतको विकास, खानी तथा खनिजजन्य उद्योग, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा लगानी गर्न अनुरोध गर्नु भएको थियो ।
  द्दढ
कार्यक्रममा चेम्वरका कार्यसमिति सदस्य श्री राष्ट्रभूषण चाकुबजी, श्री कृष्णमान श्रेष्ठ, श्री निरज राई र श्री टिकाराम शर्मा सहभागी हुनुहुन्छ ।