चेम्वर अध्यक्ष वाज्मे को उपाध्यक्षमा निर्वाचित

मसींर २५ २०७३, नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा.राजेशकाजी श्रेष्ठ वल्र्ड एशोशिएशन अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (वाज्मे) को उपाध्यक्षमा निर्वाचित हुनु भयो ।
वाज्मेको डिसेम्वर ५ २०१६ मा दिल्लीमा सम्पन्न “५८औं सेसन अफ गभर्निब बडीले” डा.राजेश काजी श्रेष्ठलाई उपाध्यक्षमा निर्वाचित गरेको थियो ।
विश्वका साना तथा मझौला व्यवसायीहरुको हक हित तथा क्षमता अभिवृद्धिमा वल्र्ड एशोशिएशन अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (वाज्मे) ले सघाउ पुर्याउंदै
आएको छ ।
चेम्वरका अध्यक्ष डा.राजेशकाजी श्रेष्ठको प्रतिनिधित्वले नेपालका साना तथा उद्यमीहरुको हक हितका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्न सघाउ पुर्याउने चेम्वरको विश्वास रहेको छ ।