नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधि मण्डलले आज अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँंग भेटघाट कार्यक्रम

नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधि मण्डलले आज अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँंग भेटघाट कार्यक्रम सम्पन्न भयो । चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको प्रनिनिधि मण्डलले अर्थमन्त्रालय सिंहदरवारमा भेटघाट गरी मुलुकको आर्थिक विकास तथा औद्योगिक व्यवसायिक वातावरणमा देखिएका समस्याहरुबारे ध्यानाकर्षण गराउनु भयो ।

भेटघाटका अवसरमा चेम्वरका अध्यक्ष श्रेष्ठले ‘स्वच्छ प्रशाशन, स्वच्छ व्यवसाय’ हुनुपर्ने बताउनु हुँंदै राजश्व संकलनमा एकद्धार प्रणाली मार्फत कार्य हुनुपर्ने र खर्च हुन नसकेको पुँंजीगत बजेट व्यवसाय बृद्धिका लागि पुनर्कर्जामा लग्नुपर्ने बताउनु भयो । साथै बैंक तथा वितीय क्षेत्रबाट प्रबाह हुने कर्जामा उच्च व्याजदर तथा लगानी योग्य तरलता अभाबबाट सृजित समस्या यथाशिघ्र निराकरण गरिनु पर्ने बताउनु भयो ।
मुलुक संघीयतामा गएपछि स्थानीय, प्रदेश र केन्द्रिय सरकार गरी सवैतिरबाट कर तिर्नुपर्ने हो कि भन्ने त्रास व्यवसायीमा रहेकोले सरकारले श्वेतपत्र जारी गरी यसलाई पारदर्शी बनाउनु पर्ने आवश्यकता औंल्याउनु भयो ।
निकासीमुलक उद्योगलाई पाँंच वर्ष आयकर छुट, निकासीमा नगद अनुदान भन्सार विन्दुबाटै दिइनुपर्ने माग गर्नु भयो । हालैको बजेट भाषणमा कुरियरलाई ७० केजी र यूएस डलर पाँंच हजारमा सिमित गरिएकाले व्यवसायलाई संकुचनमा लैजाने हुँंदा यसलाई समसामयिक परिमार्जन गर्नुपर्ने बताउनु भयो । साथै अस्वभाविक रुपमा बढाइएको एयरपोर्टको गोदाम शुल्क बारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औल्याउनु भयो भने हालै भारतले लागू गरेको जीएसटीले नेपाली अर्थतन्त्रमा पर्ने प्रभाबको अध्ययन गरिनुपर्ने समेत बताउनु भयो ।

उक्त अवसरमा अर्थमन्त्री कार्कीले चेम्वर पदाधिकारीहरुले दिनु भएको सुझाबलाई गहन अध्ययन गरी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उक्त भेटघाटमा चेम्वरका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।