नेपाल चेम्वर अफ कमर्स र भारतस्थित अखिल भारतीय व्यापार महासभाबीच बुधबार राजधानीमा एक कार्यक्रबीच समझदारीपत्र (ःइग्) मा हस्ताक्षर भएको छ

नेपाल चेम्वर अफ कमर्स र भारतस्थित अखिल भारतीय व्यापार महासभाबीच बुधबार राजधानीमा एक कार्यक्रबीच समझदारीपत्र (ःइग्) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्वर अफ कमर्सकातर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र अखिल भारतीय व्यापार महासभाकातर्फबाट अध्यक्ष सञ्जय अग्रवालले हस्ताक्षर गर्नु भएको छ । दुई पक्षीय व्यापार अभिबृद्धिका लागि समझदारीमा हस्ताक्षर गरिएको हो ।

हस्ताक्षर कार्यक्रममा चेम्वरका अध्यक्ष श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षरपछि नेपाल र भारत दुई देशबीचको व्यापार सम्वन्ध अझ वढी प्रगाढ हुने विश्वास व्यक्त गर्नु भयो । नेपाल र भारतबीच संयुक्त व्यवसाय प्रबद्र्धनका लागि आफूहरु तयार रहेको उहाँंले बताउनुभयो ।

कार्यक्रममा महासभाका अध्यक्ष अग्रवालले पव्लिक प्राइभेट पार्टनरशिपको आधारमा भौतिक निर्माण कार्य अगाडि वढाउन आफूहरु तयार रहेको बताउनु भयो । साथै सुरक्षासँंग सम्वन्धित उद्योगहरु, औषधि उत्पादन, पर्यटन, रोजगारी सृजना हुने उद्योगतहरु तथा विश्वस्तरीय वैबाहिक कार्यक्रम आयोजना गर्ने स्थलहरुको निर्माण गर्न आफूहरु तयार रहेको उहांँले बताउनुभयो । यसका लागि आज सुरुवातको दिन भएको उनको भनाई थियो ।

नेपाल चेम्वरले हालसम्म विभिन्न ५१ वटा विदेशी चेम्वरहरुसँंग समझदारीपत्रहरुमा हस्ताक्षर गरिसकेका छन् ।