बेल्जियमका महामहिम राजदूत व्बल ीगथपह र चेम्वरका पदाधिकारी विच छलफल

पौष ४, २०७३, नेपालका लागि बेल्जियमका महामहिम राजदूत Jan Luykx र चेम्वरका पदाधिकारी विच आज चेम्वर भवनमा दुई देश वीचको व्यापार तथा लगानी अभिवृद्धिका विविध विषयमा छलफल भयो ।
महामहिम राजदूतलार्ई स्वागत गर्नुहुदैं नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा.राजेश काजी श्रेष्ठले नेपाललाई युरोपियन राष्ट्रहरुले उपलव्ध गराएको सामान्य ग्राह्यता प्रणाली (जि.एस.पि) सुविधा, छिमेकी राष्ट्र चीनले करिव ८ हजार बस्तुमा उपलव्ध
गराएको भन्सार सुविधा र भारतसंगको व्यापार सम्झौताले उपलव्ध गराएको सुविधा उपभोग गरी आर्थिक फाईदा लिन बेलिज्यमका उद्यमी व्यवसायीहरुलाई अनुरोध गर्नु भयो । अध्यक्ष श्रेष्ठले नेपाल राजनैतिक स्थायीत्वतर्फ उन्मुख भएकोले नेपालमा लगानी गर्न उपयुक्त समय भएको बताउनु भयो । उहाँले विनाशकारी भुकम्प पश्चात नेपालमा पूजीं र प्रविधिको आवश्यकता माथि चर्चा गर्दै नेपालमा पुर्वाधार निर्माण, जलश्रोत, पर्यटन, कृषि तथा कृषिमा आधारित उद्योग, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानीका प्रशस्त संभावना रहेको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले नेपालका निर्यात योग्य बस्तुहरुको बजारीकरणका लागि महामहिम राजदूतको रचनात्मक सहयोगको अपेक्षा गरिएको बताउदैं दुई देश विच व्यापारीक प्रतिनिधिमण्डल आदान प्रदान हुनु पर्ने, दुई देशमा हुने मेला तथा गोष्ठीमा सहभागिता बढाउनु पर्नेमा जोड दिनु भयो ।
छलफलका अवसरमा बेल्जियमका महामहिम राजदतले नेपाल र बेल्जियम वीचको आर्थिक सम्वन्ध अभिवृद्धिमा आप्mनो अधिकतम प्रयास रहने बताउंदै दुई देश विचको सम्वन्ध विस्तारमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । उहांले बेल्जियमको खाद्य तथा उपभोग्य बस्तु एवं प्रविधिबाट फाईदा लिन अनुरोध गर्दै बेल्जियमका उद्यमी व्यवसायीहरु नेपालमा खास गरी कृषि तथा कृषि उद्योगसंग सम्बन्धित प्रविधिहरुमा लगानी गर्न इच्छुक रहेको बताउनु भएको थियो ।
महामहिम राजदूतसगं बेल्जियम राजदूतावासका फस्र्ट सेक्रेटरी, ब्चलबगम न्बकउबचत, ट्रेड एण्ड इन्भेष्टमेन्ट कमिश्नर ब्भिहष्क द्ययककगथत र ऋजचष्कतयउजभ ख्बल इखभचकतचबभतभल ले नेपालमा लगानीका क्षेत्र, सम्भावना र लगानी सम्बन्धी प्रक्रिया बारे राखेको जिज्ञासालाई चेम्वरका का.स.नरेश श्रेष्ठ, पंकज जालान र नेपाल हव्र्स तथा हर्वल उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले जानकारी गराउनु भएको थियो । कार्यक्रममा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, सचिव देवेन्द्र भक्त श्रेष्ठ, सन्तोष कुमार पाण्ड,े कार्यसमिति सदस्य, रण बहादुर श्रेष्ठ, कृष्णमान श्रेष्ठ, दिपक काजी तुलाधर निरज राई, राजेन्द्र शेरचन, र टिकाराम श्रेष्ठको उपस्थिती रहेको थियो ।