सम्पति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयमा चेम्वर भबन कान्तिपथमा गरेको अन्तरक्रिया कार्यक्रम

नेपाल चेम्वर अफ कमर्स कार्य समिति अन्तर्गत गठित युवाहरुको समिति नेपाल युथ चेम्वरले सम्पति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयमा चेम्वर भबन कान्तिपथमा गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सम्पति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी आवश्यक रहेको बताउनु भएको छ ।
उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणका लागि व्यवहारिक तरिकाबाट अगाडि वढ्नुपर्नेमा जोड दिंदै यस विषयमा जनस्तरमै जनचेतना आवश्यक भएको बताउनु भयो । आतंकबादी क्रियाकलापमा वित्तीय लगानी हुनै पनि हालतमा हुनै दिन नहुनेमा उहाँंले विशेष जोड दिनु भयो ।
सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले सवैको सामूहिक प्रयासबाट यो कार्य सफल हुने बताउनु भयो । नेपाल राष्ट वैंक वित्तीय जानकारी एकाईका निर्देशक रामु पौडेलले अन्तराष्टिय मूल्य मान्यतामा आधारित रहेर आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्नु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा नेपाल राष्ट वैंकका उप निर्देशक हरिकुमार नेपाल र सम्पति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विनोद लामिछानले दुई छुटाछुटै विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नेपाल युथ चेम्वरका सदस्य एवं कार्यक्रम संयोजक आरती राज्य लक्ष्मी राणाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भयो । उक्त कार्यक्रममा चेम्वरका पदाधिकारी तथा कार्य समितिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, युवा उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।