Press Release

इम्प्याक्ट अफ डिमोनिटाईजेशनः नेशनल एण्ड इन्टरनेशनल इम्प्याक्ट” विषयक सेमिनारमा चेम्वरद्वारा ५ सय र १ हजारको दरको भारतीय मुद्रा व्यवस्थापन गर्न अनुरोध ।

मसींर २६, २०७३, नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा.राजेश काजी श्रेष्ठले  द्वारा भारतको नोयडामा आज आयोजित “इम्प्याक्ट अफ डिमोनिटाईजेशनः नेशनल एण्ड इन्टरनेशनल इम्प्याक्ट” विषयक सेमिनारमा नेपालमा वैधानिक रुपमा रहेका भारतीय रुपैया ५ सय र १ हजार दरका मुद्रा सहज रुपमा साटिनु पर्नेमा जोड दिनु भयो उहाँले नेपाल–भारत वीचको खुला सिमाना, दुई देश विचको जनस्तरको सम्वन्ध, वैवाहिक सम्बन्ध, रोजगारी, पेन्सन, पर्यटन व्यवसाय, शिक्षा, औषधी उपचार आदिका कारण बैंकिङ्ग प्रणाली बाहिर पनि भारतीय ५ सय र १ हजार दरका नोट रहेको र विभिन्न प्रयोजनका लागि एक व्यक्तिले रु २५ हजार सम्म भारतीय मुद्रा राख्न पाउने व्यवस्थाले...
Read More

चेम्वर अध्यक्ष वाज्मे को उपाध्यक्षमा निर्वाचित

मसींर २५ २०७३, नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा.राजेशकाजी श्रेष्ठ वल्र्ड एशोशिएशन अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (वाज्मे) को उपाध्यक्षमा निर्वाचित हुनु भयो । वाज्मेको डिसेम्वर ५ २०१६ मा दिल्लीमा सम्पन्न “५८औं सेसन अफ गभर्निब बडीले” डा.राजेश काजी श्रेष्ठलाई उपाध्यक्षमा निर्वाचित गरेको थियो । विश्वका साना तथा मझौला व्यवसायीहरुको हक हित तथा क्षमता अभिवृद्धिमा वल्र्ड एशोशिएशन अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (वाज्मे) ले सघाउ पुर्याउंदै आएको छ । चेम्वरका अध्यक्ष डा.राजेशकाजी श्रेष्ठको प्रतिनिधित्वले नेपालका साना तथा उद्यमीहरुको हक हितका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्न ...
Read More

अध्यक्ष डा.राजेश काजी श्रेष्ठको नेतृत्वमा चेम्वर प्रतिनिधिमण्डल सार्क क्षेत्रीय क्रेता विक्रेता मेला २०१६ मा सहभागी हुन दिल्ली प्रस्थान ।

मसींर २२, २०७३,  नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा.राजेश काजी श्रेष्ठको नेतृत्वमा चेम्वर प्रतिनिधिमण्डल यही डिसेम्वर ८ देखि १२ तारिख सम्म भारतको नयाँ दिल्ली र अमृतसरमा आयोजना हुने सार्क क्षेत्रिय क्रेता विक्रेता मेलामा सहभागी हुन आज दिल्ली प्रस्थान गर्नु भएको थियो । मेला पि.एच.डि. चेम्वर अफ कमर्स इण्डियाद्वारा आयोजना गरिएको हो । मेलामा चेम्वरका कार्यसमिति सदस्य श्री राष्ट्रभूषण चाकुबजी श्री कष्णमान श्रेष्ठ, श्री निरज राई र श्री टिकाराम श्रेष्ठ सम्मिलित हुनुहुन्थ्यो । मेला समुद्घाटनका अवसरमा चेम्वरले नेपालमा लगानी गर्न भारत लगायत सार्क क्षेत्रका उद्यमी व्यवसायीहरुलाई अनुरोध गर्ने छ । सहभ...
Read More

नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी र नेपालका लागि कतारका राजदूत वीच चेम्वर भवनमा छलफल व्यापार तथा लगानी अभिवृद्धि गर्नु पर्नेमा जोड

मसिंर २०, २०७३, नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी र नेपालका लागि कतारका महामहिम राजदूत Yousef Bin Mohamed Al-Hailविच आज चेम्वर भवनमा दुई देश विचको व्यापार तथा लगानी अभिवृद्धि सम्वन्धमा छलफल भयो ।  छलफलका अवसरमा राजदूतलाई चेम्वर भवनमा स्वागत गर्दै अध्यक्ष राजेश काजी श्रेष्ठले महामहिमको कार्यकालमा दुई देश विचको आर्थिक सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष श्रेष्ठले भूकम्प पश्चात नेपालमा पुर्नस्थापना र पुर्ननिर्माणका लागि पूजीं र प्रविधिको आवश्यकता रहेको बताउंनु भयो । अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको वातावरण बन्दै गएकोले नेपालको कृषि, जलश्रोत, पुर्वाधारको विकास, खनिज त...
Read More

पाचौं राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आयोजित कर सम्बन्धी छलफल कार्यक्रमको आयोजना

मसिंर ६, २०७३, नेपाल चेम्वर अफ कमर्सले पाचौं राष्ट्रिय कर दिवसको उपलक्ष्यमा कर सम्बन्धी छलफल कार्यक्रमको आयोजाना गर्यो । छलफल कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले अप्ठ्यारो परिस्थितीमा समेत सरकारले लक्ष्य बमोजिम राजश्व उठाउन सफल हुनु सकारात्मक रहेको बताउंदै निजी क्षेत्रको योगदान बारे चर्चा गर्नु भयो । उहाँले करको व्यवस्था करदाता मैत्री हुनु पर्ने बताउंदै बिस्तृत, स्पष्ट, पारदर्शी तथा सरल प्रकृयाको माध्यमबाट करदाता मैत्री कर प्रणालीको बिकास गरिनु पर्नेमा जोड दिनु भयो । उहांले कर शिक्षा लागू गर्न सरकारलाई अनुरोध गर्दै । राजश्व संकलन गर्ने प्रकृया ...
Read More